Belbari Multiple Campus

बेलबारीको शैक्षिक ब्यबस्थापन तथा गुणस्तर सुधारका लागि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

17 day(s) ago

मिति २०८१ भाद्र १५ गते शनिबरकोदिन बेलबारी बहुमुखी क्याम्पसको आयोजनामा बृहत शैक्षिक कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो। मोरङ क्षेत्र नं -३ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य माननीय डा. सुनिल शर्माको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रमको अध्यक्षता बेलबारी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष तथा कोशी प्रदेश सदस्य माननीय ज्ञानेन्द्र सुबेदीज्यूले गर्नुभएको थियो। बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईज्यू विशिष्ट अतिथि रहनुभएको सो कार्यक्रममा  क्याम्पस संचालक समितिका पदाधिकारीहरु, सम्पूर्ण परिषद/ आजिवन सदस्यहरु, बेलबारी नगरपालिकाका  उपमेयर एवं अन्य पदाधिकारीहरु, सबै वडाका जनप्रतिनिधिहरु, राजनैतिककर्मीहरु, लब्ध-प्रतिष्ठित व्यक्त्तित्त्वहरु, बेलबारी क्षेत्रका प्राध्यापक-शिक्षकहरु ,कर्मचारी, विद्यार्थीहरु र बेलबारी क्षेत्रका आम अभिभाबकहरुको करिब २५० को हाराहारीमा उपस्थिति थियो। बिहान ११ बजे देखि सुरु हुने भनिएपनि प्राबिधिक समस्याको कारण करिब १२ बजेदेखि सुरु भयको सो कार्यक्रम अपरान्ह ४ बजे समापन गरिएको थियो । उक्त कार्यक्रममा  बेलबारी बहुमुखी क्याम्पस र विश्वबिध्यालय अनुदान आयोग (UGC) को गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रक्रियाको लागि बेलबारी क्याम्पसको भौतिक , शैक्षिक र गुणस्तरका लागि भाबी मार्ग बारे २० पृष्ठको कार्यपत्र प्रस्तुत गर्नुहुदै  क्याम्पस प्रमुख श्री भुपेन्द्रप्रसाद कोइरालाले QAA प्रक्रियामा सहभागी हुनको लागि क्याम्पसको समग्र गुणस्तरीय सुधारमा सबैले साथ र समर्थन लगाएत आबस्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न सबैको उतिकै दयित्व र जिम्मेवारी रहेको कुरा उल्लेख गर्नुभएको थियो। सो कार्यपत्र बारे उपस्थित महानुभाबहरु मध्ये करिब १० जनाले बेलबारी क्यम्पसको गुणस्तर सुधार तथा भाबी मार्गको लागि आ- आफ्नो धारणा सहित सुझाब पेश गरेका थिए।

बेलबारी बहुमुखी क्याम्पसको दीर्घकालीन आम्दानीको श्रोतहरुको पहिचान गर्ने क्रममा बिपन्न वर्ग शैक्षिक सहयोग अक्षयकोष – २०८० मा बेलबारी क्षेत्रका पूर्वप्रधानपंच ८४ बर्षीय वृध्द श्री हरिबहादुर बस्नेतले रु. १ लाख १० हजार तथा कार्यक्रमका प्रमुख अतिथि माननीय डा. सुनिल शर्माले रु. १ लाख १ हजार १ सय १ लगाएत २५ जनाले करिब ५ लाख बराबरको दानरकम घोषणा एबं हस्तान्तरण गर्नुभएको थियो ।